चिनियाँ उपविदेशमन्त्री सुनद्धारा राष्ट्रपति पौडेल र परराष्ट्रमन्त्री श्रेष्ठसंग छुट्टाछुट्टै भेटवार्ता
![](https://snowberry.prixacdn.net/media/gallery_folder/President-Paudel-and-Chinas-Deputy-Foreign-Minister-Sun-Weitong_Dg65wIBgIw_dtk83oqvdqabxvxpkmvgxgq8sqyqrq5gmugt4rkdpsdrxud01ftbwonvlqdi_iRGZJ549Di_svnf234y09dgn7bo7dqeneia9x74aaxumckegdnhtvdcojvx6jcokz4arw7o.jpeg)
राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहेका चीनका उपविदेशमन्त्री सुन वेइतोङले शिष्टाचार भेटवार्ता गरेका छन् । उनीहरूबीच आज बिहान राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेटवार्ता भएको हो । भेटमा दुई पक्षीय हीत, सहयोग र सम्बन्धका विविध पक्षमा कुरा भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । राष्ट्रपति पौडेलले मित्रराष्ट्र चीन नेपालको प्रमुख एवं लामो समयदेखिको विकास साझेदार रहिआएको र यसले सधैं नेपालको विकास प्रयासमा योगदान पु¥याएको बताएका थिए । उनले नेपाल सन् २०२६ सम्म अल्पविकसित देशको श्रेणीबाट स्तरोन्नति हुन गइरहेको सन्दर्भमा र त्यसपछि पनि चीनले थप सहयोग जारी राख्ने विश्वास व्यक्त गरे । यसअघि सोमबार चीनका उपविदेशमन्त्री सुनले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेका थिए । उनीहरूबीच द्विपक्षीय सम्बन्ध, आपसी चासो र सहकार्यका विषयमा छलफल भएको थियो ।।
परराष्ट्रमन्त्री भेटवार्ता
उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र चीनका उपविदेशमन्त्री सुन वेइतोङबीच शिष्टाचार भेटवार्ता भएको छ । आज सिंहदरबारस्थित मन्त्रालयमा उपप्रधानमन्त्रबी श्रेष्ठ र उपविदेशमन्त्री सुन वेइतोङबीच शिष्टाचार भएको हो । भेटमा दुई पक्षीय हित, सहयोग र सम्बन्धका विविध पक्षमा छलफल भएको छ । भेटका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले चीनले नेपालमा लामो समयदेखि विभिन्न क्षेत्रमा सहयोग गरिरहेको बताए । उनले नेपालको विकासका विभिन्न क्षेत्रमा सहयोग गरिरहेको र आगामी दिनमा पनि विकासमा निरन्तरता दिन आग्रह गरे । साथै नेपालसँगका विभिन्न सीमा नाकाहरु सुचारु गर्ने सम्बन्धमा पनि छलफल भएको बताइएको छ । कूटनीतिक परामर्श संयन्त्रको १६ औं बैठकमा सहभागी हुन नेपाल आएको सुन नेतृत्वको टोली आजै स्वदेश फर्किएको छ ।।
![एसइईमा अनुत्तीर्ण विद्यार्थीले पनि पूरक परीक्षामा सहभागी हुन पाउने](https://snowberry.prixacdn.net/media/gallery_folder/images_NUIkIBG5Jq_8yfzfg9x1ywzum2gwrchfzobryiehwnkxyyuqvhq7ng5m4rc6xfo2pqbidlr_gNdhLVrpws_dtv3xllbg2rgy5skxkroddkhtyxbzreafi6zgaf5pzjsnfcncm0qukkroeoj.jpg)
प्रतिक्रिया