प्रहरीले कुशलतापूर्वक राज्यप्रतिको जिम्मेवारी पूरा गर्नुपर्छ: प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहालले पदीय दायित्वलाई कुशलतापूर्वक निर्वाह गरेर प्रहरीले राज्यप्रतिको जिम्मेवारी पूरा गर्नुपर्ने बताएका छन् । नेपाल प्रहरीको प्रहरी निरीक्षक आधारभूत तालिम १ सय ८२ औं समूहको दीक्षान्त समारोहलाई आज काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले अपराध नियन्त्रण र अनुसन्धानका क्रममा आउने अवरोधहरू चिर्दै कार्यसम्पादन परिणाममुखी बनाउन प्रहरी सफल हुने विश्वास प्रकट गरेका हुन । प्रधानमन्त्री दाहालले विज्ञान र प्रविधिमा भएको तीव्र विकाससँगै नयाँ–नयाँ सुरक्षा चुनौतीहरू थपिइरहेको समेत उल्लेख गरे ।
कार्यक्रममा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले जनअपेक्षा विपरीतका गतिविधि र प्रहरी संगठनको हित प्रतिकूलका कार्य कहिल्यै क्षम्य नहुने बताए । विधिको शासन र कानुनको सर्वोच्चतालाई शीरमा राखेर सरकारको नीति, तथा कार्यक्रम र योजनालाई अक्षरशः पालना गर्न उनले निर्देशन समेत दिए । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले तथ्यपरक तथा प्रमाणमुखी अनुसन्धानका लागि प्रविधिको प्रयोग विधिसम्मत, वैज्ञानिक र कार्यविधिगत प्रक्रियाको पालना गरी संकलित तथ्यको विश्लेषण गर्दै मानवअधिकारको अन्तर्राष्ट्रिय मापदण्डलाई शिरोधार्य गरी कार्यक्षेत्रमा खटिन निर्देशन दिए। उनले लैंगिक संवेदनशीलताको मर्मलाई मनन् गर्दै विशेष जोखिमपूर्ण, सीमान्तकृत र पीडित वर्गको रक्षकका रुपमा प्रहरी संगठन खरो रुपमा उत्रिनुपर्ने बताए । समारोहमा प्रशिक्षणमा विभिन्न विधामा सर्वोत्कृष्ट हुने प्रहरी निरीक्षक पवनकुमार परियार, सगुन खड्का, आयुष ढुंगाना र गोकुलकुमार धानुकलाई पुरस्कार प्रदान गरिएको थियो ।
![चिनियाँ उपविदेशमन्त्री सुनद्धारा राष्ट्रपति पौडेल र परराष्ट्रमन्त्री श्रेष्ठसंग छुट्टाछुट्टै भेटवार्ता](https://snowberry.prixacdn.net/media/gallery_folder/President-Paudel-and-Chinas-Deputy-Foreign-Minister-Sun-Weitong_Dg65wIBgIw_dtk83oqvdqabxvxpkmvgxgq8sqyqrq5gmugt4rkdpsdrxud01ftbwonvlqdi_qHAIXbKw1M_c2qzi2490glccs6aiojlx9u7ls56h4amd7t0oalcq5dxuidttb7qfxntsmol.jpeg)
चिनियाँ उपविदेशमन्त्री सुनद्धारा राष्ट्रपति पौडेल र परराष्ट्रमन्त्री श्रेष्ठसंग छुट्…
![ओखलढुंगामा पहिरोले घर-गोठ पुरिदा एक जनाको मृत्यु](https://snowberry.prixacdn.net/media/gallery_folder/bagum-pahirolamjung-5-2662024033323-1000x0_jp72cdUpiC_fzmzgz9zmdd6aatnwqczk879juxo99arhlky3m2gvtwboislsam8gwevhwab_MzXYfR3Gd2_2bxoel9nsjce29dxflvalx3vpitf6pbknonf7pvfeddm6cs42nq2wf9eaesc.jpg)
ओखलढुंगामा पहिरोले घर-गोठ पुरिदा एक जनाको मृत्यु
भन्सारमा लगाइएको कर वृद्धिको विरोधमा सुनचाँदी व्यवसायी आन्दोलित
![चालु आर्थिक वर्षमा धान उत्पादन ४.३३ प्रतिशतले बृद्धि](https://snowberry.prixacdn.net/media/gallery_folder/images_HsV4doh5vE_b9iaygo7u7zly3ehqrfzw86cmqrha8ouo5s1uh3xmgyxlwvca3thhhtwly8s_HQreeOfWM3_kjrobizzerx9unbbsbj7mmdq968wkebapmhsrcuqmkhrpumcqzif7nxpjpyb.jpg)
चालु आर्थिक वर्षमा धान उत्पादन ४.३३ प्रतिशतले बृद्धि
![झलनाथ खनाल प्रतिष्ठानको सर्पपालन कार्यक्रममा १७ करोड ९८ लाख भ्रष्टाचार](https://snowberry.prixacdn.net/media/gallery_folder/jhalnath-khanal_ch1KuqQLHD_gu9jublbsyvqwvscxo94spgkjthhtz3li6xaghuxg4jgog0vnaw76ki1cpij_7jjT2oYb2M_suteems1qbmjjtf8fbd5jww3ozddh2rp7v1edat77cp704w8xkqoyoeugg2r.jpg)
झलनाथ खनाल प्रतिष्ठानको सर्पपालन कार्यक्रममा १७ करोड ९८ लाख भ्रष्टाचार
![लमजुङको बगुममा पहिरोले घर बगाउदा एकै परिवारका चारजना बेपत्ता](https://snowberry.prixacdn.net/media/gallery_folder/2046111199Bagum-Pahiro_u2vU47lMI4_stcnhkmihiewvlerjwqpkyjsjlffw6dbvwivqgqy2ib5suynzmqsmkephwhy_iNXPqXHQOp_xx7vqzdipcgwf7xqhctufsmvmxsaqmsmbq1agmsc0j0jqulumxj9thc2n8fo.jpeg)
लमजुङको बगुममा पहिरोले घर बगाउदा एकै परिवारका चारजना बेपत्ता
![आज लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस](https://snowberry.prixacdn.net/media/gallery_folder/images_YCF7RmEdil_kj5leonctfdngbls6bgu976qfefx5egvsx0bohdweqd625xdmzmuswsgf85s_dWiqcPy4tR_p02nuit5axbyfoanexfghxqbxosaitfjcrlsgyx52wfmk9cuvob7onjjradt.png)
प्रतिक्रिया