समाज

दाउन्नेमा ठूला सवारीसाधन सञ्चालनमा रोक

दाउन्नेमा ठूला सवारीसाधन सञ्चालनमा रोक

काठमाडौं । दाउन्नेमा ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइएपछि मालवाहक ट्रकहरु जिल्लाका विभिन्न ठाउँमा रोक्न थालिएका छन् । 

पूर्वबाट पश्चिमतर्फ जाने सवारीसाधनलाई गैँडाकोट, मुकुन्दपुर, रजहरलगायतका ठाउँमा रोकिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले जनाएको छ । दाउन्नेमा गाडीको चाप नहोस् भनेर गैँडाकोटबाट नै ट्रक रोकिएको हो । 

बुटवलबाट नारायणघाट जाने ट्रक भने बर्दघाटमा रोकिएका हुन् । ठूला र मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाएर दाउन्नेमा सडक मर्मत गर्न लागिएको छ । दाउन्ने खण्डमा करिब पाँच सय टिप्पर ग्राभेल राखेर सडक सञ्चालनयोग्य बनाउन लागिएको छ । 

ठूला सवारीसाधन चौबीसै घण्टा तथा सबै प्रकारका सवारीसाधन साँझ ७ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म यस सडकमा सञ्चालनमा रोक लगाइएको छ ।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *