बागलुङ । नेपाल कै प्रसिद्ध धार्मिक शक्तिपिठ कालिका भगवती मन्दिर बागलुङमा नव दुर्गा लागे सँगै हजारौं श्रद्वालु भक्तजनको घुइँचो लागेको छ ।
रमणीय मनमोहक जंगलको बिचमा अवस्थित मन्दिरमा टाढाटाढादेखि भक्तजन आएपछि मन्दिर परिसर वरिपरि चहलपहल बढेको हो । मन्दिरमा बिजया दशमी प्रारम्भ भएको दिन बिहानदेखि नै भक्तजन पुजाअर्चनाको लागि आएका भक्तजनलाई सहजरूपमा पुजा गर्ने ब्यवस्था मिलाइएको छ ।
कालिका भगवती मन्दिरमा आएर पुजा गरे आफुले मनले चिताएको कुरा पुरा हुन जनविश्वास भएको कारणले पनि आफुहरू मन्दिर आउने गरेको श्रद्वालु भक्तजनको भनाइ छ । कालिका भगवती मन्दिरमा भक्तजनले प्रसादको रूपमा चामलको पिठो घिउमा पकाएको रोट देवीलाई चढाउने भएको हुनाले पनि यसको ब्यापार राम्रो भएको ब्यवसायीको भनाइ छ ।
बागलुङ कालिका भगवती मन्दिरमा र बडा दशै र चैत्राष्ठमी बिशेष पूजा अर्चना हुन्छ । कालीका भगवतीसँग गरेको भाकल पूरा भएको भन्दै बिशेश गरि, काठमाडौ, पोखरा, नारायणगढ, स्याङ्जा, गुल्मी, पर्वत, तनहुँ, गोर्खा लगायत देशभरवाट भक्तजन पुग्ने गरेका छन ।