समाज

दशैंमा जनकपुरधाको राजदेवी मन्दिरमा विशेष सजावट

दशैंमा जनकपुरधाको राजदेवी मन्दिरमा विशेष सजावट

जनकपुर । जनकपुरधामस्थित ऐतिहासिक राजदेवी मन्दिरलाई यस वर्षको दशैंमा विशेष सजावट गरिएको छ । 

महावीर युवा कमिटीको अग्रसरतामा फूल, रङ्गीन बत्ती र तोरणहरूले मन्दिर भव्य बनेको छ । पछिल्लो समय मिथिलाका जनकवंशी राजाहरूको कुलदेवीका रूपमा प्रतिष्ठित रहेको विश्वास गरिएको यो मन्दिरमा देवीलाई माटोको ढिस्कोका रूपमा पूजा गर्ने परम्परा छ ।

दशैंभर हजारौँ भक्तजन यहाँ भेला भई दुर्गा पूजा, प्रसाद, विजय जुलुस र विभिन्न सांस्कृतिक कार्यक्रमहरूमा सहभागी हुने गर्दछन् । 

यसले जनकपुरधामलाई धार्मिक तथा सांस्कृतिक केन्द्रका रूपमा जीवन्त बनाउँदै आएको छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *