काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक बस्दै छ ।
बैठक मङ्गलबार बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने छ । केन्द्रीय समिति बैठकका लागि सात मुख्य एजेण्डा तय गरिएको छ ।
बैठकका एजेण्डामा समसामयिक अवस्था, प्रदेश बैठकहरूबाट प्राप्त विवरण प्रस्तुत, परिवर्तित अवस्थामा केन्द्रीय सदस्यहरूको धारणालगायत विषयमा छलफल हुने बताइएको छ ।