सिन्धुली । दशैं लागेसँगै सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीमाडीमा अविस्थित प्रसिद्ध शक्तिपिठ कालीमाईस्थानमा पुजा अर्चना गर्ने क्रम चलेको छ ।
कालीमाई मन्दिरमा अवस्थित जमरा घरमा विगत झै यसवर्ष पनि सामुहिक रुपमा जमरा राख्ने कार्य गरिएको छ ।
घटस्थापनाको अवसरमा कालीमाईलाई पुकारेर पुजा अर्चना गरे मनोकांक्षा पुरा हुने जन विश्वास रहेको छ ।
दशैंको प्रारंभसँगै शक्तिपिठ कालीमाईस्थानमा हाँस, कुखरा, बोकाको वली चढाईने परम्परा रहेको छ । प्रसिद्ध शक्तिपिठ कालिमाई सिन्धुली जिल्लाकै अर्की शक्तिपिठ कमलामाई की दिदी समेत मानेर श्रद्धालु भक्तजनहरुले मान्दै आएका छन् ।