अन्तर्वार्ता

पाल्पाको भगवती मन्दिरमा बिहानैदेखि भक्तजनको चहलपहल

पाल्पाको भगवती मन्दिरमा बिहानैदेखि भक्तजनको चहलपहल

पाल्पा । विजयादशमीको पहिलो दिन घटस्थापनाका दिन पाल्पाको तानसेनस्थित भगवती मन्दिरमा आज बिहानैदेखि भक्तजन हरूको घुइँचो लागेको छ । 

तानसेनस्थित श्री रणउजीरेवरी भगवती मन्दिरमा भक्तजनहरूले देवीको आराधना गर्दै भजन–कीर्तनमा सहभागी भइरहेका छन् । 

घटस्थापनाका दिन पूजास्थलमा कलश स्थापना गरी जौ, धान, गहुँलगायतका अन्न रोपेर शक्ति स्वरूपा भगवती माताको विशेष पूजा गरिन्छ ।