ताप्लेजुङ ।कुनै समय ताप्लेजुङका लेकाली खर्कहरू बर्खे मौसममा भेडी गोठालाहरूको चहलपहलले भरिभराउ हुन्थ्योरु। तर आज, यो परम्परा क्रमशः ओझेलमा पर्दै गएको छरु। झण्डै दुई दशक अघिसम्म ताप्लेजुङको मिक्वाखोला गाउँपालिका अन्तर्गतको लोदेन क्षेत्र र फक्ताङलुङ गाउँपालिकाको घुन्सा क्षेत्रमा बर्खाको तीन महिनाको अवधिमा मात्रै ३० देखि ४० वटा भेडीगोठ पुग्ने गरेको भएपनि अहिले यो चलन हराउदै गएको छ । गोठहरू असारदेखि भदौ महिनासम्म हिमाली खर्कहरूमा पशु चराउन लैजाने परम्परा घटेको हो । अस्थायी टहरामा परिवारसँग सम्पर्कविहीन भएर महिनौँ गोठालो जीवन बिताउनु पर्ने झन्झट, आधुनिक शिक्षाको प्राथमिकता, तथा वैकल्पिक रोजगारीतर्फको आकर्षणले गर्दा युवाहरू यस जीवनशैलीबाट टाढिँदै गएका छन्रु। गर्मी बढेपछि जडीबुटी र पोषिलो घाँसले भरिएको हिमाली भू–भागमा गाई, भैँसी, भेडा, च्याङ्ग्रालाई लैजाने चलन पशुपालनसँगै कम भएको स्थानीय बताउछन । लेकाली क्षेत्रका घाँसपातमा चरन गराएका भेडाहरु तन्दुरुस्त हुने, दूध उत्पादन धेरै दिने, मासु स्वादिलो हुने जनविश्वास अझै प्रचलनमा छ । बर्खामा हिमालको फेदीका बुकी खर्कमा पुग्ने गोठहरू चिसो झर्ने क्रमसँगै हिउँदमा बेँसीका फाँटमा ओर्लन्छन् । तर अहिले त्यस्ता गोठहरूको संख्या दिनप्रतिदिन घट्दै गएको छ ।