काठमाडौ । सुर्खेतबाट ३१ दिनको पैदल यात्रा गर्दै काठमाडौं आइपुगेका भ्रष्टाचार विरोधी अभियन्ता नवराज बोहराले नेपाली कांग्रेसका वरिष्ठ नेता डाक्टर शेखर कोइरालासँग भेट गरेका छन्।
भेटका क्रममा नेता कोइरालाले आफू “सुशासन” र “क्लिन पोलिटिक्स अभियान” को पक्षमा दृढ रहेको बताउँदै बोहराको भ्रष्टाचार विरोधी अभियानप्रति पूर्ण समर्थन रहने प्रतिबद्धता जनाए।
नवराज बोहराले मुलुकभरि व्याप्त भ्रष्टाचारविरुद्ध जनचेतना फैलाउने उद्देश्यले सुर्खेतदेखि काठमाडौंसम्मको पैदल यात्रा गरेका हुन्। उनको यो अभियानले आम नागरिक र राजनीतिक नेताहरूको ध्यान आकर्षण गरिरहेको छ।