काठमाडौ । नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले पार्टीको महाधिवेशन २०८३ सालको मंसिरभित्रै सम्पन्न गर्नुपर्ने बताएका छन् । पत्रकारहरूसँग कुराकानी गर्दै उनले पदाधिकारीहरूमा महाधिवेशनप्रति आवश्यक तदारुकता नदेखिएको जनाउँदै कार्यकर्तामा मिति सारिने चिन्ता रहेको बताए ।
महामन्त्री गगन थापा र आफू एकै ठाउँमा रहेको उल्लेख गर्दै कोइरालाले पार्टी सभापतिसहित सबैलाई एकताबद्ध गराएर अघि बढ्न सक्ने क्षमताका साथ तयार रहेको बताए ।
कोइरालाले संसद्को गतिरोध अन्त्यका लागि सरकार र विपक्षी दलहरु छलफलमा बस्न जरुरी रहेको बताए ।
रास्वपा र राप्रपाले गृहमन्त्रीको राजिनामा भन्दा पनि पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा कमिटी बनोस् भन्ने चाहेको आफ्नो बुझाइ रहेको उनले बताए ।