एभिन्यूज @ देशमा आजा

मुस्ताङमा अकल्पनीय बाढीले पुर्रुयाएको क्षतिको प्रारम्भिक अनुगमन शुरु

मुस्ताङमा अकल्पनीय बाढीले पुर्रुयाएको क्षतिको प्रारम्भिक अनुगमन शुरु

मुस्ताङ । पल्लो मुस्ताङमा अकल्पनीय बाढीले पुर्रुयाएको क्षतिको प्रारम्भिक अनुगमनका लागि अनुगमन शुरु भएको छ । बाढीले तीनवटा पक्की पुलसहित गाउँपालिकाको शाखा सडकमा कुल सातवटा पुलमा क्षति पुगेको छ । यसबाट डेढ करोडभन्दा बढी नोक्सान भएको अनुमान गरिएको छ । मङ्गलबार साँझ लोमान्थाङ ४ चुम्जुङस्थित छुआमा खोलाको बाढीले आर्का—भार्सा जोड्ने पक्की पुलसहित तीनवटा पक्की मोटरेबल पुल, एक फलामे पुल र तीनवटा काठेपुलमा पूर्ण क्षति पुगेको हो । बाढीले सडक पुलहरूमा क्षति पुगे पनि मानवीय तथा पशुचौपायामा कुनै क्षति नपुगेको जनाइएको छ । लोमान्थाङ गाउँपालिकाभित्रको रिङरोड सडक र अन्य शाखा सडक जोड्ने पक्की पुल र अस्थायी पुलमा क्षति पुगेपछि  रिङरोड सडकको सवारी आवागमन अवरुद्ध छ । उपल्लो मुस्ताङको लोमान्थाङ–४ स्थित चुम्जुङ गाउँ नजिकैको छुआमा खोलामा अकल्पनीय बाढी हिमताल फुटेका कारण आएको हुनसक्ने आशङ्का गरिएको छ । जलवायु परिवर्तनका कारण जमिनको तापमान वृद्धि भइरहेकाले उच्चलेकमा रहेका हिमालका हिउँका ढिस्का खसेर क्षति पुर्रुयाउने सम्भावना रहेको आंकलन गरिएको छ । 
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *