समाज

सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै

सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै छन्। प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ । 

बैठकमा प्रतिनिधि सभाका सचिव हर्कराज राईले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गर्नेछन् । 

यस्तै, सभामुख देवराज घिमिरेले  संयुक्त समिति अन्तर्गतको संसदीय सुनुवाइ समितिमा माननीय सदस्यको नाम हेरफेर गर्ने कार्यसूची रहेको छ भने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदन सहितको भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । 

यस्तै भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ लाई पारित गरियोस् भन्ने प्रस्ताव पनि उनले प्रस्तुत गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ । 

आजै बस्ने राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजे बस्ने भएको छ । बैठकमा अर्थ मन्त्रालय विष्णु पोडेलसँग सम्बन्धित मौखिक प्रश्नोत्तरबाट हुनेछ । उनले सम्बन्धित मन्त्रीले सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिनेछन्।

त्यसपछि विधायन व्यवस्थापन समितिकी सभापति तुलसा कुमारी दाहालले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ सम्बन्धी प्रतिवेदन सभा समक्ष पेस गर्ने कार्यक्रम छ।

यस्तै, राष्ट्रियसभाका सचिव डा.सुरेन्द्र अर्यालले प्रतिनिधि सभाबाट प्राप्त ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८१’ सम्बन्धी सन्देश टेबुल गर्नेछन्।

यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्ताव पनि पेश गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ । 

त्यस्तै, सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले ‘सामाजिक सञ्जाल विधेयक, २०८१’ लाई दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको बताइएको छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *