काठमाडौं । काठमाडौंको टेकुस्थित फोहोरमैला व्यवस्थापन केन्द्र नजिक आगलागी नियन्त्रणमा आएको छ । काठमाडौं महानगरपालिका–१२, टेकुस्थित फोहोरमैला व्यवस्थापन केन्द्र नजिक रहेको एक प्लास्टिक गोदाममा आगलागी भएको थियो ।
प्रहरीका अनुसार, केहीबेर अघि आगो नियन्त्रणमा आएको हो । दमकल, नेपाल प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । आगलागीको कारण भने खुलेको छैन ।