सप्तरी । सप्तरीमा प्रहरीले चार राउण्ड गोली चलाएर एक जनालाई पक्राउ गरेको छ । प्रहरीले एक शंकास्पद व्यक्तिलाई पक्राउ गरेको हो । आइतबार राती १ बजे सप्तरी प्रहरीले हातहतियारधारी अपराधिकलाई पक्राउ गरेको हो ।
सप्तरी प्रहरीले डाक्नेश्वरी नगरपालिका ५ औरहीपातो एरियाबाट हात हतियारधारी अपराधिकलाई धरपक्कर गर्ने क्रममा एक व्यक्ति पक्राउ गरेको हो ।
जिल्ला प्रहरीका इन्स्पेक्टर प्रमोद कुमार साहको कमाण्डले जघन्य अपराध अनुसन्धान अपरेशनको शिलशिलामा २/२ राउण्ड हवाई फायर गरी दिपक मरिकलाई पक्राउ गरेको सप्तरी प्रहरीका प्रमुख एसपी गौतम कुमार केसीले जानकारी दिए ।
प्रहरीले थप अपराधीहरुलाई पक्राउ गर्न त्यसै एरियामा सर्च अपरेशन जारी रहेको जनाएको छ ।