शिक्षा

कपिलवस्तुमा एस.ई.ई. परीक्षामा ४ जिपीए ल्याई उत्तीर्ण भएका विद्यार्थीहरुलाई सम्मान

कपिलवस्तुमा एस.ई.ई. परीक्षामा ४ जिपीए ल्याई उत्तीर्ण भएका विद्यार्थीहरुलाई सम्मान

कपिलवस्तु । एस.ई.ई. परीक्षामा ४ जिपीए ल्याई उत्तीर्ण हुन सफल भएका कपिलवस्तु जिल्लाका १६ जना विद्यार्थीहरुलाई सम्मान गरिएको छ । 

दीपकुमार उपाध्याय च्यारेटिवल ईनिसेटिभको आयोजनामा पिपरामा आयोजना गरिएको एस.ई.ई.सम्मान कार्यक्रममा जनता मा.वि. पिपराका ९ जना, वाणगंगा मा.वि. लौगाईका ३ जना र ज्ञानपुन्ज वोर्डिग स्कूलका ४ जना विद्यार्थीहरुलार्ई सम्मान गरिएको हो ।

उत्कृष्ट भएका विद्यार्थीहरुको थप हौसला बढाउन र आगामी दिनमा उनीहरुलाई आफ्नो कर्तव्य बोध गराउनका लागि यस प्रकारको सम्मान गरिएको आयोजकले जनाएको छ । 

कार्यक्रममा सम्मानित विद्यार्थीहरुले आफुहरुलाई सम्मानले थप हौसला र जिम्मेवारी बढाएको बताएका छन् । शिक्षकहरुले पनि कपिलवस्तुका सामुदायिक विद्यालय शैक्षिक गुणस्तरमा कमजोर छैनन् भन्ने उदाहरण अहिलेको नतिजाले देखाएको बताए । 

पछिल्ला वर्षहरुमा संस्थागत विद्यालयको तुलनामा कपिलवस्तुका सामुदायिक विद्यालयहरुले एस.ई.ई. परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल भएका छन् । सम्मानित विद्यार्थीहरुलाई ईनिसेटिभका तर्फबाट ३०–३० हजार रुपैयाँ मूल्य बराबरको एक एक थान आईप्याड उपहार प्रदान गरिएको छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *