Siddarth bankविज्ञापन
शिक्षा

वर्तमान शिक्षा प्रणालीमा नवीनतम सुधार आवश्यक : मुख्यमन्त्री कँडेल

वर्तमान शिक्षा प्रणालीमा नवीनतम सुधार आवश्यक : मुख्यमन्त्री कँडेल

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले वर्तमान शिक्षा प्रणालीमा नवीनतम सुधार आवश्यक रहेको बताएका छन् । 

शनिबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजिक एक कार्यक्रममा उनले अहिलेको युग अनुसारको शिक्षाले मात्र विद्यार्थीलाई प्रतिस्पर्धी, सक्षम र उत्पादनशील बनाउन सक्ने बताएका हुन् । मुख्यमन्त्री कँडेलले शिक्षा क्षेत्रमा भौतिक पूर्वाधारको सुधारसँगै गुणस्तरमा पनि ध्यान दिनुपर्नेमा जोड दिए । 

मुख्यमन्त्री कँडेलले प्रदेश सरकारको तर्फबाट कर्णालीका विद्यालयहरूमा आवश्यक पूर्वाधार निर्माण, जनशक्ति व्यवस्थापन र गुणस्तरीय शिक्षाका लागि आवश्यक बजेटको व्यवस्था गरिने बताए । उनले कर्णाली जस्तो भौगोलिक रूपमा विकट प्रदेशमा शिक्षाको माध्यमबाट दीर्घकालीन विकास सम्भव हुने उल्लेख गर्दै शिक्षक, अभिभावक र समुदायको सक्रिय सहभागिता आवश्यक रहेको बताए । 

शिक्षा अब सामाजिक परिवर्तनको साधन हुनुपर्छ, त्यसका लागि हामी सबै एकजुट हुनु पर्ने मुख्यमन्त्री कँडेलले उल्लेख गरे । उनले शैक्षिक भवन निर्माणसँगै सुर्खेत विमानस्थल विस्तारको कार्यमा सहजता हुने विश्वास व्यक्त गरे ।

शैक्षिक भवन कर्णाली प्रदेश सरकारको पाँच करोड ८९ लाख २४ हजार आठ सय ३४ रुपैयाँ लागतमा ३३ कोठाको भवन निर्माण हुने छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *