अर्घाखाँची । अर्घाखाँचीमा कक्षा १२ को परीक्षामा जिल्ला प्रथम देखि चौथो स्थानसम्म एउटै विद्यालयमा अध्ययनरत विद्यार्थीले हासिल गरेका छन् ।
छत्रदेव गाउँपालिका ६ ठूलापोखरामा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थीले परीक्षामा उत्कृष्ट स्थान हासिल गरेका हुन ।
विद्यालयले कक्षा १२ को परीक्षामा सर्बोत्कृष्ट जिपीए सहित जिल्लामै प्रथम, द्वितीय, तृतीय र चौथो स्थान हासिल गर्ने विद्यार्थीलाई सम्मान गरेको छ । परीक्षमा ललिता पन्थीले ३ दशमलब ९१ जिपीए सहित जिल्ला प्रथम गरेका थिए ।
विद्यालयमा व्यवस्थापन विषयमा दश जोड दुईका कक्षा सञ्चालन हुँदै आएको छ । गाउँपालिकाका अध्यक्ष चन्द्रमान श्रेष्ठ, कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष फर्सुराम पाण्डे र प्रधनाध्यापक दुर्गा प्रसाद आचार्यले आगामी दिनमा पनि उत्कृष्ट नतिजा कायम राख्न शुभकामना दिएका छन् ।
