राजनीति

अन्तरिम सरकारको प्रधानमन्त्री कार्यालय सिंहदरबारभित्रै रहने

अन्तरिम सरकारको प्रधानमन्त्री कार्यालय सिंहदरबारभित्रै रहने

काठमाडौ । अन्तरिम सरकारको प्रधानमन्त्रीका लागि कार्यालय रहने ठाउँका बारेमा विभिन्न खाले अनुमान सार्वजनिक भइरहेका बेला सिँहदरबारभित्र गृह मन्त्रालयको निर्माणाधीन भवनमा प्रधानमन्त्री कार्यालय रहने विकल्प सरकारी अधिकारीहरूले अघि सारेका छन् । जेनजीको आन्दोलनका क्रममा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय जलेर खरानी भएपछि नयाँ कार्यालयको व्यवस्थापन सुरु गरिएको हो । हालका लागि सिंहदरबारभित्रै निर्माणको अन्तिम चरणमा पुगेको नयाँ गृह मन्त्रालयको भवनलाई नै प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका रुपमा व्यवस्थापन गर्न लागिएको छ । त्यसका लागि आवश्यक सामानहरुको व्यवस्थापनका साथै सरसफाइ समेत गरिएको छ । यसअघि सिंहदरबारको मुख्य भवनमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय रहेको थियो । आन्दोलनका क्रममा प्रदर्शनकारीले गरेको आगजनीका कारण उक्त भवन पूर्ण रुपमा जलेर ध्वस्त भएपछि नयाँ भवनको खोजी गरिएको हो ।।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *