राजनीति

भ्रष्टाचारविरुद्ध जेएनजी पुस्ताले काठमाडौं सहित देशभर प्रदर्शन गर्दै

भ्रष्टाचारविरुद्ध जेएनजी पुस्ताले काठमाडौं सहित देशभर प्रदर्शन गर्दै

काठमाडौ । भ्रष्टाचारको विरोध, सुशासनको माग र सामाजिक सञ्जाल बन्दको विरोधमा जेएनजी पुस्ताले आज काठमाडौँको माइतीघरमा प्रदर्शन गरिरहेका छन । युवाहरुको प्रदर्शन माईतीघर मण्डला हुँदै नयाँ वानेश्वर चोकसम्म पुग्ने बताइएको छ । जेन जी पुस्ताले आन्दोलन शान्तिपूर्ण र अहिंसात्मक हुने जनाएका छन् । विरोध प्रदर्शन कसैको नेतृत्वमा नभई स्वस्फूर्त रुपमा हुन लागेको उनीहरुको भनाइ छ । जेएनजी पुस्ता सरकारले सामाजिक सञ्जाल निशर्त खुलाउनुपर्ने, बुढा नेताहरु प्रधानमन्त्री नबन्ने प्रतिबद्धता व्यक्त गर्नुपर्ने, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निष्पक्ष नियुक्ति हुनुपर्नेलगायत माग राखेर प्रदर्शन आब्हन गरेका हुन । उपत्यका बाहिरका प्रमुख शहरमा पनि प्रदर्शन आब्हन गरिएको छ । निषेधित क्षेत्रमा प्रवेश नगर्ने गरी प्रदर्शन आयोजना गर्न अनुमति दिइएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ । सुरक्षा व्यवस्था पनि कडा पारिएको छ । युवा पुस्ताको आन्दोलनमा नेता, कलाकार लगायतले समेत ऐक्यबद्धता जनाएका छन । सामाजिक सञ्जालमार्फतपनि युवापुस्ताको आन्दोलनमा ऐक्यबद्धता जनाउनुपर्ने क्रम बढेको छ ।। 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *