राजनीति

खेलकुद क्षेत्रको विकासका लागि आक्रामक हस्तक्षेप आवश्यक : अध्यक्ष दाहाल

खेलकुद क्षेत्रको विकासका लागि आक्रामक हस्तक्षेप आवश्यक : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले खेलकुद क्षेत्रको समग्र विकासका लागि आक्रामक ढंगले हस्तक्षेप गर्न आवश्यक रहेको बताएका छन् । 

शुक्रबार काठमाडौंमा अखिल नेपाल खेलकुद महासंघको चौथो राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले खेल क्षेत्रको रूपान्तरण पार्टीको प्रभावकारी हस्तक्षेप बिना सम्भव नरहेको बताएका हुन् । 

उनले विगतमा माओवादी केन्द्रको नेतृत्वमा खेलकुद मन्त्रालय तथा परिषद् रहेका बेला खेल क्षेत्रमा गुणात्मक सुधार देखिएको दाबी गरे ।

अध्यक्ष दाहालले वर्तमान सरकारले पूर्वनिर्धारित राष्ट्रिय खेलकुद कार्यक्रमहरूलाई राजनीतिक पूर्वाग्रहका आधारमा अवरुद्ध गर्दै आएको आरोप लगाए ।

अध्यक्ष दाहालले खेलकुद क्षेत्रमा लगानी, जीवनको ग्यारेन्टी र पेशागत वातावरण तयार गरिएमा यस क्षेत्रले राष्ट्रिय अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्‍याउन सक्ने धारणा राखे ।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *