समाज

पर्वतका ३१ वटा सामुदायिक विद्यालयमा विद्यार्थी संख्या शुन्य

पर्वतका ३१ वटा सामुदायिक विद्यालयमा विद्यार्थी संख्या शुन्य

पर्वत । पर्वतका ३१ वटा सामुदायिक विद्यालयमा शुन्य विद्यार्थी संख्या रहेको छ । 

सात स्थानीय तहमा दुई ७२ सामुदायीक विद्यालय रहेकोमा ३१ विद्यालय विद्यार्थीविहीन भएका हुन् । विद्यार्थी संख्या शुन्य भईसक्दा पनि विद्यालयहरु समायोजन गरिएका छैनन् । 
  
शिक्षकहरुलाई विद्यार्थी नै नभएका विद्यालयमा राखेर तलव सुविधा दिलाउने गरेको अभिभावकको आरोप छ । राज्यको बजेटको दुरुपयोग हुने भएपनि बाध्यतामा परेर शिक्षकहरु राख्नु परेको जनप्रतिनिधि बताउँछन् । 

शुन्य विद्यार्थी हुनेमा अधिकाँश आधारभुत विद्यालय रहेका छन् । जिल्ला शिक्षा समन्वयईकाइ पर्वतले दिएको जानकारी अनुसार विहादी गाउँ पालिकामा दुई सामुदायीक विद्यालयमा विद्यार्थीको संख्या शुन्य रहेको छ । 

मोदीमा नौ विद्यालयमा विद्यार्थी संख्या शुन्य छ । यसैगरी फलेवासका छ, कुश्मामा आठ, जलजलामा चार  र पैयुका दुई विद्यालयमा विद्यार्थी शुन्य रहेका छन् । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *