काठमाडौं । १३ जना प्रस्तावित राजदूतहरूको सुनुवाइ सकिएको छ । यद्यपि उनीहरूलाई अनुमोदन गर्ने वा के गर्ने भन्नेबारे निर्णय भने हुन बाँकी छ ।
गत असोज २ गते बसेको मन्त्रिपरिषद्को बैठकले १३ वटा देशका लागि राजदूतहरू सिफारिस गरेको थियो ।
भारतका निम्ति डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा, संयुक्त राज्य अमेरिकाका निम्ति चिरनजंग थापा, बेलायतका लागि गौरवशमशेर जंगबहादुर राणा, जर्मनीका निम्ति सरू जोशीलाई राजदूतमा सिफारिस गरेको थियो ।
यस्तै, इजरायलका लागि सुरेशकुमार कर्ण, स्पेनका निम्ति प्राप्ति शेरचन, जापानका लागि जिज्ञानकुमार थापा, ओमानका निम्ति डा. पदमाक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल, दक्षिण कोरियाका निम्ति प्रा.डा. संगम श्रेष्ठ, श्रीलंकाका लागि डा. मंचलाकुमारी झा र साउदी अरेबियाका निम्ति गिरीबहादुर सुनारलाई राजदूतमा सिफारिस गरेको थियो । उनीहरूको संसदीय सुनुवाइ आजबाट सकिएको हो ।
