समाज

विदुषी योगमाया आयुर्वेद विश्वविद्यालयका पदाधिकारीको शपथ

विदुषी योगमाया आयुर्वेद विश्वविद्यालयका पदाधिकारीको शपथ

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालयका नवनियुक्त पदाधिकारीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन्  ।

प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित कार्यक्रममा विश्वविद्यालयका अध्यक्ष डा. अर्जुन कार्की, कुलपति प्रा .डा. रमेशकुमार ढुङ्गेल र रजिष्ट्रार डा. डम्बरध्वज चेम्जोङले शपथ लिएका हुन्  ।

 नयाँ कानुनी व्यवस्थानुसार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले अध्यक्ष कार्कीलाई, अध्यक्ष कार्कीले कुलपति ढुङ्गेललाई र कुलपति ढुङ्गेलले रजिष्ट्रार चेम्जोङलाई शपथ गराएका हुन्  ।

त्यस अवसरमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, शिक्षा मन्त्रालयका सचिव डा. दीपक काफ्लेलगायत उपस्थित रहेका थिए ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *