समाज

जनता समाजवादी पार्टी नेपाल सप्तरीको अध्यक्षमा यादव निर्वाचित

जनता समाजवादी पार्टी नेपाल सप्तरीको अध्यक्षमा यादव निर्वाचित

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल सप्तरीको अध्यक्षमा संस्थापन पक्षका केदार यादव निर्वाचित भएका छन् । 

केदार यसअघि पनि जिल्ला अध्यक्ष थिए । सोमबार भएको निर्वाचनमा केदार २ सय ३५ प्राप्त गरी निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी बिष्णुपुर गाउँपालीकाका अध्यक्ष समेत रहेका उमेश यादवले २०५ मत प्राप्त गरेका छन् । 

उपाध्यक्षमा केदार प्यानलकै लक्ष्मण यादव र उमेश प्यानलका हरेराम यादव निर्वाचित भएका छन् । सचिवमा उमेश प्यानलका निरज मुक्ति १ मतले निर्वाचित भएका छन् । उनले २३१ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्दी शम्भु यादवले २३० मत प्राप्त गरेका छन् । 

उप सचिवमा उमेश प्यानलका उपसचिव राहुल मण्डल केदार प्यानलका रामेश्वर कडौगिया यादव र कोषाध्यक्ष पदमा केदार प्यानलका अरविन्द्र यादव निर्वाचित भएका छन । १४ साउनदेखि जसपा नेपाल, सप्तरीको अधिवेसन शुरु भएको थियो ।

पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले उद्घाटन गरेको अधिवेसनको बन्द सत्रमा सहमति हुन नसकेपछि निर्वाचन भएको हो । 
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *