समाज

बहुविवाहलाई कानूनी मान्यता दिने प्रस्तावविरुद्ध महिलाहरू सडकमा

बहुविवाहलाई कानूनी मान्यता दिने प्रस्तावविरुद्ध महिलाहरू सडकमा

मोरङ । बहुबिवाह सम्बन्धी प्रस्तावित कानूनविरुद्ध मोरङको सुन्दरहरैंचामा संयुक्त सरोकार वाला संघ संस्थाका महिलाहरू एकजुट भएका छन् ।  

मंगलबार विराटचोकमा भेला भएका उनीहरूले र्‍यलीसहित नगरपालिकाको गेट अगाडि विरोध प्रदर्शन गरेका हुन् । बहुबिवाह सम्बन्धी प्रस्तावित मसौदाको कडा विरोध गर्दै सहभागीहरूले कानून मन्त्रीको राजीनामा समेत माग गरेका थिए ।

विरोध कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, सामाजिक अभियन्ता र स्थानीय महिलाहरूको उल्लेख्य उपस्थिति थियो । उनीहरूले हातमा विभिन्न नारा लेखिएको प्लेकार्ड र ब्यानर बोकेर नारा लगाउँदै प्रस्तावको खारेजीको माग गरेका थिए । 

यो प्रस्तावले संविधानले सुनिश्चित गरेका महिला अधिकार, लैङ्गिक समानता र मानव अधिकारको मूल मर्ममाथि ठूलो प्रहार गरेका भन्दै अहिलेको समयमा बहुविवाह जस्ता सामाजिक कुरीति अन्त्य गर्न माग गर्दै बहुविवाहको कानूनी समर्थन गर्नु भनेको महिलाहरु माथिको शोषण, हिंसा र विभेदलाई संस्थागत गर्नु नहुने बताए । 

उनीहरूले यस्तो कानुनले महिलाको अधिकार माथि कुठाराघात गर्ने भन्दै तुरुन्तै फिर्ता लिन सरकारसँग माग गरेका छन् ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *