काठमाडौं । भारतीय विदेशमन्त्री एस. जयशंकरले भारतविरुद्ध सैन्य कारबाही भए कडा जवाफ दिने चेतावनी दिएका छन् । भारत भ्रमणमा रहेका इरानी विदेशमन्त्री अब्बास अरागचीसँगको भेटमा जयशंकरले पछिल्लो सुरक्षा अवस्थाबारे जानकारी गराउँदै यस्तो प्रतिक्रिया दिएका हुन् ।
इरान–भारत मैत्री सन्धिको ७५औं वार्षिकोत्सवका अवसरमा द्विपक्षीय बैठकमा सहभागी हुन अरागची भारत आएका हुन् । भेटपछिको सामाजिक सञ्जाल पोस्टमा जयशंकरले २२ अप्रिलमा पहलगाममा भएको आक्रमणका कारण भारतले ७ मेमा सीमा पार आतंककारी संरचनामाथि कारबाही गर्न बाध्य भएको उल्लेख गरेका छन् ।
“हामी तनाव चर्काउन चाहँदैनौं, तर सैन्य कारबाही भएमा कडा जवाफ दिन्छौं भन्नेमा कुनै शंका छैन,” उनले भने । जयशंकरले अरागचीलाई पछिल्ला घटनाक्रमबारे जानकारीमा राख्नु महत्त्वपूर्ण भएको बताए ।