शिक्षा

योग अब वैदिक संस्कृति र समुदायको मात्रै विषय रहेन  : शिक्षा मन्त्री पन्त

योग अब वैदिक संस्कृति र समुदायको मात्रै विषय रहेन  : शिक्षा मन्त्री पन्त

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले योग अब वैदिक संस्कृति र समुदायको मात्रै विषय नरहेको बताएका छन् । 

शनिबार ललितपुरमा ११ औं विश्व योग दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । अब योग संसारको साझा जीवन पद्धतिको रुपमा अगाडि बढेको बताए । 

उनले योग र ध्यानले मानिसलाई आफूभित्र हेर्न, आफ्नो मनस्थिति छाम्न र आफ्नो चिन्तनको लागि प्रेरित गर्ने जिकिर गरे । योग र ध्यानलाई र वैदिक साहित्य, चिन्तन र वाङमयमा रहेको गहिराईलाई र त्यसभित्र लुकेका विभिन्न पक्षलाई देशको महत्वपूर्ण सांस्कृतिक सम्पदा र बौद्धिक सम्पतीको रुपमा अघि बढाउनुपर्ने बताएका छन् । 

नेपाल योग, ध्यान र चिन्तनको आदि भूमि रहेको  बताए । आज शान्तिको बढी खाँचो रहेको र पूर्खाहरुले पृथ्वीमा मात्रै नभइ अन्तरिक्षमा पनि शान्ति हुनुपर्छ भनेको जिकिर गरे । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *