समाज

बागमती प्रदेशमा एमालेले टुंग्यायो सरकारमा पठाउने मन्त्रीको सूची

बागमती प्रदेशमा एमालेले टुंग्यायो सरकारमा पठाउने मन्त्रीको सूची

काठमाडौं । बागमती प्रदेशमा नेकपा एमालेले इन्द्रबहादुर बानियाँको नेतृत्वमा बन्ने नयाँ सरकारमा पठाउने मन्त्रीको टुंगो लगाएको छ ।

एमालेले पार्टीको भागमा परेका ६ जना मन्त्रीकै नाम टुंगो लगाएको हो । जसमा एक जना दोहोरिएका छन् भने पाँच जना नयाँलाई पठाउने भएको हो ।

एमालेले श्रम, रोजगार तथा यातायात मन्त्रीमा काठमाडौंका जयराम थापा, वन तथा वातावरण मन्त्रीमा दोलखाका भरतबहादुर केसी, कृषि तथा पशुपन्छी विकास मन्त्रीमा ललितपुरका मधुसुधन पौडेल, भौतिक पूर्वाधार विकास मन्त्रीमा काठमाडौंका डा. दिनेशचन्द्र देवकोटा र उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रीमा काठमाडौंकै ‍विन्दु श्रेष्ठको नाम टुंग्याएको हो ।

स्वास्थ्य मन्त्री किरण थापामगर भने सोही मन्त्रालयको जिम्मेवारीमा दोहोरिने भएका हुन् । मुख्यमन्त्री बहादुरसिंह लामाले राजीनामा दिएपछि आज कांग्रेसकै इन्द्रबहादुर बानियाँ मुख्यमन्त्री बन्दैछन् ।

मुख्यमन्त्री बानियाँको नियुक्ति ३ बजे र शपथ ग्रहण ४ बजेका लागि तय गरिएको जनाइएको छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *