समाज

कुलिङ अफ पिरियडको गडबडीसम्बन्धी प्रतिवेदन सभामुखलाई बुझाइयो

कुलिङ अफ पिरियडको गडबडीसम्बन्धी प्रतिवेदन सभामुखलाई बुझाइयो

काठमाडौं । सङ्घीय निजामती सेवा विधेयकको दफा ८२ मा राखिएको ‘कुलिङ अफ पिरियड’ सम्बन्धी व्यवस्थामा भएको छेडखानीबारे छानबिन गर्न बनेको संसदीय विशेष छानबिन समिति’ले प्रतिवेदन सभामुख देवराज घिमिरेलाई बुझाएको छ । 

नयाँ वानेश्वरस्थित संसद् भवनमा भएको कार्यक्रममा समिति सभापति जीवन परियारले प्रतिवेदन सभामुख घिमिरेलाई बुझाएका हुन् । प्रतिवेदन आजको प्रतिनिधिसभा बैठकमा पेस गर्ने कार्यतालिका रहेको छ । 

कांग्रेस सांसद परियार सभापति रहेको समितिले सङ्घीय निजामती सेवा विधेयकमा राखिएको ‘कुलिङ अफ पिरियड’मा छेडखानी भएको विषयमा राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडा र समिति सचिव सुरजकुमार दुराले नैतिक जिम्मेवारी लिनुपर्ने निष्कर्ष निकालेको छ ।

समितिले सभापति खतिवडालाई नैतिक रुपमा जिम्मेवार रहेको किटान गरेको छ । तर, सभापति खतिवडाले आफू शुरूदेखि नै कुलिङ पिरियडको पक्षमा रहेको बताएका छन् ।

लामो छलफलपछि समितिमा सहमति जुटेपछि प्रतिवेदन पास भएको छ ।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *