प्रदेश

बिपक्षी दलहरुको बैठक जारी

बिपक्षी दलहरुको बैठक जारी

काठमाडौं । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा,संसदमा बिपक्षी दलले साझा धारणा बनाउने लगायतका बिवषयमा छलफल गर्न बिपक्षी दलहरुको बैठक बसिरहेको छ । 

बानेश्वरको संसद भवनस्थित नेकपा माओवादीका अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डको कार्य कक्षमा बिपक्षी दलको बैठक भइरहेको हो ।

बैठकमा संविधान र गणतन्त्र पक्षधर संसद्मा प्रतिनिधित्व गर्ने प्रतिपक्षी दलहरूको सहभागिता रहेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको भने सहभागिता रहेको छैन । भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक समेत जोडिएको भन्दै विपक्षी दलहरूले उनको राजीनामा माग गर्दै लगातार संसद बैठक अवरोध गर्दै आएका छन् । तर सत्तारुढ दलहरु नेकपा एमाले र नेपाली कांग्रेस भने भिजिट भिसा प्रकरणमा कर्मचारीलाई अख्तियारले सोधपुछ गर्दैमागृहमन्त्रीले राजीनामा दिन नपर्ने बताउँदै आएका छन् ।

गृहमन्त्री लेखखकको संलग्नता नरहेको कांग्रेस एमालेको बिश्वास छ । हिजो सोमबार बसेको माओवादी संसदीय दलको बैठकले गृहमन्त्री लेखकले राजीनामा नदिएसम्म संसदको अवरोध जारी राख्ने निर्णय गरेको थियो । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *