Siddarth bankविज्ञापन
समाज

पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध

पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध

काठमाडौं । अविरल वर्षासँगै खसेको पहिराले आज (बुधबार) बिहानैदेखि बैतडी–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । 

सिगास गाउँपालिका–९ रमिलापुरमा सडकमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।  

राजमार्ग अवरुद्ध हुँदा सवारी आवागमन पूर्ण रूपमा रोकिएको हो । सवारी आवागमन रोकिँदा यात्री बीच बाटोमै अलपत्र परेका छन् । 

अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *