Siddarth bankविज्ञापन
राजनीति

हिन्दुकुश हिमालय संसदीय सम्मेलन काठमाडौंमा सुरु

हिन्दुकुश हिमालय संसदीय सम्मेलन काठमाडौंमा सुरु

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले हिन्दुकुश हिमालय क्षेत्रको जैविक विविधता गम्भीर संकटमा रहेको बताएका छन् । आज काठमाडौंमा आयोजित ‘हिन्दुकुश हिमालय संसदीय सम्मेलन शुभारम्भ गर्दै उनले जलवायु परिवर्तन, जैविक विविधताको ह्रास र वायु प्रदूषण अब वैज्ञानिक प्रतिवेदनमा मात्र सीमित नभएर दैनिक जीवनको कठोर यथार्थ बनिसकेको बताएका हुन । राष्ट्रपति पौडेलले हिन्दुकुशको पानी, वनबाट प्राप्त हुने अक्सिजन र कृषियोग्य भूमिको उर्वरताले दुई अर्बभन्दा बढी मानिसको जीवन चलाएपनि जीवनयापनको आधार संकटमा परेको भन्दै चिन्ता प्रकट गरे । 

राष्ट्रपति पौडेलले विश्वव्यापी तापमान वृद्धिलाई एक दशमलब ५ डिग्री सेल्सियससम्म सीमित गर्ने पेरिस सम्झौताको प्रतिबद्धता पूरा गर्न सम्बन्धित पक्षहरूले आ–आफ्नो ठाउँबाट योगदान पु¥याउनुपर्ने आवश्यकता औल्याए । पराष्ट्रमन्त्री डा आरजु राणा देउवाले जलवायु परिवर्तन सीमाविहीन र मानव सभ्यताको सङ्कट भएकाले सबै देशको सामूहिक सहकार्य आवश्यक रहेको बताइन । 

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले नेपालले न्यून कार्बन उत्सर्जन गरे पनि जलवायु परिवर्तनको गम्भीर र दुःखद् असर भोगिरहेको बताए । 

मन्त्री शाहीले जलवायु वित्तमा समान र सहज पहुँच सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायसँग माग गरे  । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति कुसुमदेवी थापाले जलवायु परिवर्तनका गम्भीर असरले मुलुकको अर्थतन्त्र र वातावरणमा नकारात्मक प्रभाव पारिरहेको बताइन । हिन्दूकुश हिमालय क्षेत्रमा पर्ने मुलुकका संसद्बीच साझा धारणा, संवाद र समन्वयका लागि ‘हिन्दूकुश हिमालय संसदीय बैठक’ आयोजना गरिएको हो । सम्मेलनमा हिन्दूकुश हिमालय क्षेत्रमा रहेका देशका जनप्रतिनिधि, संसदीय समितिका प्रमुख तथा प्रतिनिधि तथा जलवायु परिवर्तन, वायुप्रदूषण र वातावरणका विषयसँग सम्बन्धित सहभागी छन ।। 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *