धादिङ । बुढीगण्डकी बाढीले आरुघाट स्थित धादिङको स्याउली बजार बगाएको छ । आज बिहान आएको बाढीले यो बजार बगाएको हो ।
आरुघाट गाउँपालिका अध्यक्ष राजु गुरुङका अनुसार आरुघाट पालिकामा मात्रै २ वटा पक्की पुल बगाएको छ ।
बाढीले सोती र आरुघाट बजारको पुल बगाएको हो । सोतीमा अधिकांश घरमा क्षति पुगेको छ ।
