प्रदेश

अमानवीय र दण्डनीय व्यवहार राज्यमा विद्यमान रहेसम्म मुलुकको विकास सम्भव छैनः सभापति देउवा

अमानवीय र दण्डनीय व्यवहार राज्यमा विद्यमान रहेसम्म मुलुकको विकास सम्भव छैनः सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अमानवीय र दण्डनीय व्यवहार राज्यमा विद्यमान रहेसम्म मुलुकको विकास हुन नसक्ने बताएका छन् । 

पार्टी केन्द्रिय कार्यालय सानेपामा बुधवार आयोजित एक कार्यक्रममा बोल्दै देउवाले यस्तो बताउका हुन् । सभापति देउवाले ०६२—०६३ को परिवर्तनसँगै समतामुलक समाज निर्माण गर्ने उद्देश्यले पुनःस्थापित संसदमा नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गर्ने संकल्प प्रस्ताव पनि पारित गरिएको  बताए ।

देउवाले धेरै प्रयास गर्दागर्दै पनि दलित समुदायका मानिसले ज्यानै गुमाउनुपरेको जस्ता विभेदका घटनाहरु देख्दा, सुन्दा अत्यन्तै पीडावोध हुने गरेको उल्लेख गरे ।

नेपाललाई विभेदरहित राज्य बनाइ समतामुलक समाज सथापना गर्न पार्टीको स्थापना कालदेखि नै उद्देश्य राखेर आएको देवाको भनाइ छ ।सभापति देउवाले मुलुकका सबै समस्याहरुको पहिचानसँगै समाधान गर्न नेपाली कांग्रेस मात्रै सक्षम रहेको बताए । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *