प्रदेश

गोहीको आक्रमणमा बेपत्ता युवाको मृत शरीर फेला

गोहीको आक्रमणमा बेपत्ता युवाको मृत शरीर फेला

बर्दिया। बर्दियाको ठाकुरबाबा नगरपालिका– ९ हात्तीसारमा रहेको खौराहा खोलामा पौडी खेल्ने क्रममा गोहीको आक्रमणमा परेर बेपत्ता भएका युवाको पाँच दिनमा शव भेटिएको छ।                                         

ठाकुरद्वारामा रहेको खौराहा खोलामा पौडी खेल्ने क्रममा पाँच दिन अघि बेपत्ता युवाको शव पौडी खेलेको स्थानबाट करिव दुई किलोमिटर पर फेला परेको हो। पौडी खेल्ने क्रममा गोहीको आक्रमणबाट मधुवन नगरपालिका–१ कैलासीका १९ वर्षीय रुपमिलन थारू बेपत्ता भएका थिए।                                           

उनि बेपत्ता भएको दिनदेखि नै हात्ती, मोटरबोटसहितको निकुञ्ज, नेपाली सेनाको टोलीले खोजतलास शुरु गरेकोे थियो। बर्दिया राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सरोजमणी पौडेलले बेपत्ता युवाको शव फेला परेको बताउनुभयो।                                                                                                                     

पौडेलले शवलाई आवश्यक प्रक्रिया पूरा गरी परिवारको जिम्मा लगाउने उहाँले बताउनुभयो।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *