समाज

कर्णाली प्रदेशको अधिवेशन आज रातिदेखि अन्त्य गर्न सिफारिस

कर्णाली प्रदेशको अधिवेशन आज रातिदेखि अन्त्य गर्न सिफारिस

काठमाडौं । कर्णाली प्रदेश मन्त्रिपरिषद्को बुधबार बिहान बसेको बैठकले प्रदेशसभाको दोस्रो कार्यकालको छैटौँ अधिवेशन आज राति १२ बजेदेखि अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरेको छ ।

बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत प्रदेश सचिव ढोलकराज ढकाललाई सामाजिक विकास मन्त्रालयमा सचिवका रूपमा खटाउने निर्णय गरेको छ । 

यस्तै, सर्वोच्च अदालतको २०८२ जेठ ७ गतेको परमादेश  बमोजिम जाजरकोट जिल्लाको जुनिचाँदे गाउँपालिकाको प्रशासनिक केन्द्र गाउँपालिका– ४ लुहादहमा तोक्न नेपाल सरकारसमक्ष सिफारिस गर्ने निर्णय पनि बैठकले गरेको छ । यसका साथै पत्रकारिता क्षेत्रको सशक्तीकरणका लागि पत्रकारिता पुरस्कार वितरण कार्यविधि २०८२ स्वीकृत गरिएको छ ।

यस्तै, सूचनाको हकसम्बन्धी कार्यान्वयनको प्रभावकारिता मूल्याङ्कन गर्न शासकीय सुधार महाशाखाका सचिवको संयोजकत्वमा कर्णाली प्रदेश सूचनाको हक अनुगमन समिति गठन गरिएको छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *