समाज

राष्ट्रिय सभामा बजेटको सिद्धान्त र प्राथमिकता पेश

राष्ट्रिय सभामा बजेटको सिद्धान्त र प्राथमिकता पेश

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता संसद्मा पेश गरेको छ । 

आईतवार राष्ट्रिय सभा बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/०८३ को लागि विनियोजन विधेयकका सिद्दान्त र प्राथमिकता छलफलका लागि गर्ने प्रस्ताव पेश गरेका हुन् । मन्त्री पौडेलले संसदले पारित गरेको नीति तथा कार्यक्रम अनुरुप सिद्धान्तहरुका आधारमा बजेट आउने बताए ।

अर्थतन्त्रका उदयमान क्षेत्रलाई प्रोत्साहन गरिने, निजी क्षेत्रमैत्री, प्रतिष्पर्धी र  आत्मनिभर अर्थतन्त्र निर्माणमा जोड दिने  पौडेलले बताए । नीतिमा निरन्तरता, अर्थतन्त्रमा गतिशिलता र विकासमा तिब्रता हाँसिल गर्नुपर्ने अहिलेको आवश्यकता भएको पौडेलको भनार्य छ   ।

विकासको ढाँचा, गति र संस्कृति बदल्नुपर्ने आवश्यकता रहेको पनि पौडेलले बताए । 
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *