समाज

गलेश्वर बजारको सौन्दर्यकरणका लागि सडकमा ढुङ्गा बिछ्याउन शुरु

गलेश्वर बजारको सौन्दर्यकरणका लागि सडकमा ढुङ्गा बिछ्याउन शुरु

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ स्थित म्याग्दीको प्रमुख धार्मिक पर्यटकीय स्थल गलेश्वरको सौन्दर्यकरणका लागि बजार भित्रको सडकमा ढुङ्गा बिछ्याउन थालिएको छ । 

हिन्दु तथा वौद्ध धर्मावलम्बीहरुको साझा तिर्थस्थल मुस्ताङको मुक्तिनाथ प्रवेशद्धार मानिने गलेश्वरको बजार भित्रको सडक र पदमार्गलाई मौलिक, व्यवस्थित र सुन्दर बनाई पर्यटक र भक्तजन आकर्षित गर्न सौन्दर्यकरण योजना सञ्चालन भएको हो । 

गलेश्वर बसपार्क देखि प्रवेशद्धार, गलेश्वर मन्दिर परिसर हुँदै राहुघाट नदी किनारसम्मको पैदलमार्ग, सडकमा स्लेट ढुङ्गा बिछ्याउने योजनालाई बेनी नगरपालिकाले गौरवको योजनाको रुपमा निरन्तरता दिएको छ । 

गत आर्थिक वर्षमा बेनी नगरपालिकाले २० लाख, गलेश्वर शिवालय क्षेत्र विकास कोषले ६ लाख, , पुलह पुलत्स्य अन्नक्षेत्र र राधाकृष्ण मन्दीरले २÷२ लाख बिनियोजन गरेको योजना मार्फत प्रवेशद्धार क्षेत्रमा एक सय छ मिटर स्लेट बिछ्याइएको थियो । 

नयाँ आर्थिक वर्षका लागि नगरपालिकाले ३० लाख बिनियोजन गरेको योजनाका लागि गलेश्वर शिवालय क्षेत्र विकास कोषले पनि साथ दिने जनाएको छ ।  मुक्तिनाथ र मुस्ताङ जाने आउने पर्यटक तथा भक्तजनलाई गलेश्वरमा भित्र्याउने र उनिहरुको बसाई लम्बाउने उद्देश्यले सौन्दर्यकरणको योजना सञ्चालन भएको हो ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *