समाज

सिन्धुली फर्किए हायु परिवार

सिन्धुली फर्किए हायु परिवार

काठमाडौ। सिन्धुली गोलन्जोर गाउँपालिका– ६ स्थित विपर कटेरी भन्ने स्थानका हायु परिवार घर फर्किएका छन् । उपयुक्त स्थानमा खोजेर घर बनाइदिने, लिएको ऋण तिर्न सहजीकरण गरिदिने आश्वासन पाएपछि उनीहरू घर फर्किन राजी भएका हुन् ।

उनीहरू सिन्धुली फर्के पनि आफ्नै घरमा भने नजाने भएका छन् । उनीहरू गोलन्जोर– ६ का वडाध्यक्ष रविनकुमार श्रेष्ठको घरमा गएर बस्ने गरी पोखराबाट फर्किएका हुन् ।

वडाध्यक्ष श्रेष्ठले दाता खोजी गरी उपयुक्त स्थानमा घर बनाइदिने, हायु परिवारले लिएको ऋण तिर्न सहजीकरण गरिदिने, परिवारका केही सदस्यलाई कामको खोजीका लागि पहल गरिदिनेलगायतका आश्वासन दिएपछि हायु परिवार सोमबार सिन्धुली फर्किएका हुन् । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *