काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले प्रतिनिधिसभा बैठकमा सांसदहरूको उपस्थिति सुनिश्चित गर्न भन्दै समूहगत उपस्थिति तालिका निर्धारण गरेको छ।
मुख्य सचेतक कवीन्द्र बुर्लाकोटीले बिहीबार सूचना जारी गर्दै समूहका आधारमा आजदेखि असोज १६ गतेसम्म विभिन्न समूहका सांसदलाई संसद्मा अनिवार्य रूपमा उपस्थित हुनेगरी तालिका बनाइएको जानकारी दिएका हुन्।
बुर्लाकोटीका अनुसार समूह निर्धारण नगरिएका सांसद पनि संसद् बैठकमा उपस्थित हुनुपर्ने छ। विशेष अवस्थामाबाहेक संसद्मा उपस्थिति हुन सबैका लागि सधैँ बाध्यकारी हुने सूचनामा उल्लेख छ।
संसद बैठकको उपस्थितिलाई थप व्यवस्थित गर्न राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलले सूचना जारी गरेको छ ।
समूहगत उपस्थिति तालिकाः
असोज ८ गते समूह ३, समूह ४ र समूह १ (अनिवार्य)
असोज १२ गते समूह १ र समूह २ (अनिवार्य)
असोज १३ गते समूह २ र समूह ३ (अनिवार्य)
असोज १४ गते समूह ३ र समूह ४ (अनिवार्य)
असोज १५ गते समूह ४ र समूह १ (अनिवार्य)
असोज १६ गते समूह १ र समूह २ (अनिवार्य)
अतिरिक्त निर्देशनहरूः
१. यसको अर्थ, अन्य समूहको सांसदहरूलाई संसद आउन अनिवार्य छैन भन्ने किमार्थ नलागोस्। संसद विशेष अवस्थामा बाहेक सबैका लागि सधैँ बाध्यकारी हुनुपर्छ।
२. छलफल र खाजा समयस् बैठक अवधिभर छलफल प्रभावित नहुने गरी खाजा वा अन्य निरन्तरताका लागि पालैपालो ९आलोपालो० समय मिलाउनुहुन।
३. निर्णयार्थ प्रस्तुत गर्दास् कुनै पनि प्रस्ताव वा विधेयक निर्णयार्थ सदनमा पेश हुने समयमा अनिवार्य तोकिएका सबै माननीय सदस्यज्यूहरूको उपस्थिति रहनुपर्नेछ।