एजेन्सी । रोबर्ट प्रिभोस्ट भ्याटिकनको नयाँ पोप बनेका छन् । प्रिभोस्ट अब पोप लियो चौधौँको जिम्मेबारीको रुपमा रहनेछन् । उनी १३३ कार्डिनलहरूको दुई तिहाइ बहुमतबाट पोप निर्वाचित भएका हुन् ।
सन् १९०० पछि दुई दिनमा नयाँ पोपको निर्वाचन भएको यो पाँचौं पटक हो । मतदानको दोस्रो दिन रोमन क्याथोलिक चर्चको सिस्टिन चैपलको चिम्नीबाट सेतो धुवाँ निस्किएको थियो जसले नयाँ पोप चयन भएको संकेत गर्दछ ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार नयाँ पोप चयन हुने बित्तिकै भ्याटिकनमा उपस्थित ४५ हजारभन्दा बढी मानिसहरूले ठूलो स्वरमा ताली बजाएर एकअर्कालाई बधाई दिएका थिए । यसअघि मे ७ मा भएको पहिलो मतदानमा कोही पनि पोप निर्वाचित भएका थिएनन् ।
शिकागोमा जन्मिएका नवनिर्वाचित पोपले भ्याटिकनमा उत्साहित भीडलाई सबैलाई शान्ति मिलोस् । भन्दै शुभकामना दिएका छन । उनले सबैलाई शान्तिको शुभकामना दिएका छन् । उनले पोप फ्रान्सिसको पनि स्मरण गरेका छन् । पोप लियो चौधौँले दुई दिने सम्मेलनमा आफूलाई निर्वाचित गर्ने कार्डिनलहरूलाई धन्यवाद समेत दिएका छन् । उनी अमेरिकाबाट पोप बन्ने पहिलो कार्डिनल हुन् ।
पोप लियोको जन्म सेप्टेम्बर १४, १९५५ मा अमेरिकाको इलिनोइसमा भएको थियो । उनलाई पोप फ्रान्सिसको नजिकको सहयोगी मानिन्छ ।