Siddarth bankविज्ञापन
समाज

कालीगण्डकी करिडोरको तीन खण्डसहित चार ठाउँमा सडक अवरुद्ध

कालीगण्डकी करिडोरको तीन खण्डसहित चार ठाउँमा सडक अवरुद्ध

काठमाडौं । गुल्मीको कालीगण्डकी करिडोरको तीन खण्ड सहित चार ठाउँमा सडक अवरुद्ध भएको छ । 

आज बिहानदेखि पहिरोका कारण उक्त सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । कालीगण्डकी करिडोर सडक खण्ड अन्तरगत कालीगण्डकी गाउँपालिकाको १, २ र ३  स्थित  गरगरे, राक्से र कनौटामा बिहानदेखि सडक पुर्ण रूपमा अवरूद्ध बनेको हो । 

त्यसैगरी रिडी–वामीटक्सार सडक अन्तर्गत सत्यवती गाउँपालि ६ स्थित डहरे खोला, चन्द्रकोट गाउँपालिका ८ को तल्लाफाँट र रिडी–खज्र्याङ सडक समेत अवरुद्ध बनेको छ । 

विगत तीन दिनदेखि गुल्मी सहित आसपासका क्षेत्रमा निरन्तर रूपमा हल्कादेखि मध्यम वर्षा भइरहेको र निरन्तर वर्षाका कारण कालीगण्डकी नदि किनारमा पानीको सतह बढ्दै गएकाले तटीय क्षेत्रका नागरिकलाई सचेत रहन जिल्ला प्रशासन कार्यालय गुल्मीले आग्रह गरेको छ । 
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *