समाज

वैदेशिक रोजगारबाट फर्किएर बाख्रापालनमा आत्मनिर्भर

वैदेशिक रोजगारबाट फर्किएर बाख्रापालनमा आत्मनिर्भर

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ राम्चे काफलडाँडाका जगबहादुर फगामीले वैदेशिक रोजगारबाट फर्किएर शुुरु गरेको बाख्रापालनबाट आत्मनिर्भर बनेका छन् । 

रोजगारको शिलसिलामा तीन वर्ष मलेसियामा काम गरेका फगामीले कम्पनीले पारिश्रमिक नदिएर धोका दिएपछि गाउँ फर्किएर बाख्रापालन शुुरु गरेका हुन् । अहिले गाउँमै उपलब्ध स्रोत, श्रम र सीपको सदुपयोग गर्दै आत्मनिर्भर बन्न सकिन्छ भन्ने उत्कृष्ट उदाहरण समेत फगामी बनेका छन् । 

गाउँपालिकाबाट प्राप्त भएको १ लाख ६६ हजार अनुदान रकममा आफुहरुले श्रमदान र नगद साझेदारी गरी करिब साढे तीन लाख लगानीमा व्यवस्थित खोर निर्माण गरिएको बाख्रपालनक किसान फगामीका छोरा राजु फगामीले बताए । 

विदेशको ठक्करले गाउँ फर्किएर एउटा बाख्रा किनेर खेती किसानी गरेर परिवार चलाउन शुुरु गरेका फगामीको बाख्राले जुम्ल्याह पाठापाठी जन्माउन थालेपछि बाख्राको संख्या बढ्दै गएका हुन् । उनले सञ्चालन गरेको ‘सुतारे एकिकृत कृषि तथा पशुपंक्षि फर्म’ मा अहिले १ सय ५० वटा बाख्रा छन् । 

फर्ममा रहेका ४० वटा माउ बाख्रा व्याउने छन् । चाडपर्व र विभिन्न पूजाआजामा खसी बोका र पाठापाठीको विक्रि हुने गरेको छ । 
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *