प्रदेश

रासयनिक मलको आपूर्ति वृद्धि गरी ६ लाख मेट्रिकटन पुर्‍याइने

रासयनिक मलको आपूर्ति वृद्धि गरी ६ लाख मेट्रिकटन पुर्‍याइने

काठमाडौं । सरकारले रासयनिक मलको आपूर्ति वृद्धि गरी ६ लाख मेट्रिकटन पुर्‍याउने भएको छ । 

आर्थिक वर्ष २०८२/०८३ को बजेट भाषणका क्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताएका हुन् । रासयनिक मलमा अनुदानका लागि २८ अर्ब ८२ करोड विनियोजन भएको छ । 

लगानी बोर्डमार्फत रासयनिक मल कारखाना स्थापना गर्न आवश्यक तयारी गरिने बताउनु भयो । माटोको गुणस्तर कायम राखि उत्पादकत्व वृद्धि गर्न प्राङ्गारिक कृषि प्रवद्र्धन कार्यक्रमका लागि ४० करोड विनियोजन गरेको मन्त्री पौडेलले बताए । 
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *