राजनीति

निजामती विधेयक भदौ १७ भित्र पारित गर्ने तयारी

निजामती विधेयक भदौ १७ भित्र पारित गर्ने तयारी

काठमाडौँ । प्रतिनिधि सभाबाट सर्वसम्मत पारित संघीय निजामती सेवा विधेयकमाथि आजदेखि राष्ट्रिय सभाको संसदीय समितिमा छलफल सुरु भएको छ । 

राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा सोमबारदेखि सैद्धान्तिक छलफल सुरु भएको हो ।

आजबाट सुरु भएको छलफलमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपाने, मन्त्रालयका सचिव रविलाल पन्थ लगायत मन्त्रालयको टिम सहभागी छ ।

प्रतिनिधि सभाबाट पारित भएको २ महिनाभित्र राष्ट्रिय सभाबाट समेत विधेयक पारित गरिसक्नुपर्ने कानुनी व्यवस्था अनुसार संघीय निजामती विधेयक यही भदौ १७ गतेभित्र पारित गरिसक्नुपर्ने छ ।

 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *