काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले राजनीतिक दलहरु सुध्रिन जरुरी रहेको बताएका छन् ।
सामुदायिक क्याम्पसहरुको दिगोपन र उत्कृष्टता सम्बन्धी राष्ट्रिय संवाद कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै मन्त्री पन्तले यस्तो बताएका हुन् । उनले अहिले सम्भव भएसम्मको सुधारको प्रयास जारी रहेको पनि बताए ।
मन्त्री पन्तले शिक्षा क्षेत्रमा धेरै जटिलताहरु देखिएको बताउँदै दीर्घकालीन रुपले मेहनत गरेर शिक्षा क्षेत्रमा नीतिगत हस्तक्षेप गर्न जरुरी रहेको उल्लेख गरे। उनले विश्वविद्यालय सञ्चालनका तौरतरिकाहरुमा पनि परिवर्तन गर्न जरुरी देखिएको बताएका छन् ।
मन्त्री पन्तले मुलुकको शिक्षा नीतिलाई कता लैजाने भन्नेबारे एकीकृत धारणा बनाएर अघि बढ्न जरुरी रहेको बताए । अहिलेको पुस्ताले खोजिरहेको शिक्षा नेपालमा दिन नसकेको हो भने नयाँ हिसावले सोच्न जरुरी रहेको बताए ।