प्रदेश

‘शरीर प्रवासमा मन नेपालमा’ भन्ने नारासहित फ्रान्समा नेपाल मेला सम्पन्न

‘शरीर प्रवासमा मन नेपालमा’ भन्ने नारासहित फ्रान्समा नेपाल मेला सम्पन्न

दीपक चालिसे

फ्रान्स । ‘शरीर प्रबासमा मन नेपालमा’ भन्ने  मुख्य नारासहित फ्रान्समा रहेको  सास्कृतिक गृह नेपालले  पेरिसमा आयोजना गरेको २० औं नेपाल मेला सम्पन्न भएको छ ।

गत शुक्रबार र शनिवार अर्थात जुन ६ र ७ तारिखमा मेला आयोजना गरिएको थियो । मेलामा विभिन्न नेपाली  परिकार,नेपालमा उत्पादित बस्तु,खाद्य सामग्री,नेपाली पोसाक लगायतका स्टलहरु राखिएका थिए । मेलामा बिभिन्न नेपाली सांस्कृतिक झाँकी समेत प्रस्तुत गरिएको थियो भने नेपाली गीत संगित गुञ्जिएको थियो ।

नेपाली स्वादका खानेकुराहरु मेलामा आउनेहरुको आकर्षण बनेको थियो । मेलामा त्रिभुवन बिश्वबिद्यालय फाइन आर्टका प्राध्यापक ध्रुवदेश चन्द्र रेग्मीको सितारवादन र दिपक पण्डितको बासुरी वादनको प्रस्तुतीले अझ आकर्षण थपेको थियो ।  यसैगरी साकेला नृत्य र अन्य थुप्रै प्रस्तुतिले प्रवासी नेपालीहरुलाई आफूहरु आफ्नै भूमिमा भएको अनुभुति गराएको थियो । 

मेलामा आउने मध्ये बिगत १४ वर्षदेखि फ्रान्सलाई कर्मथलो बनाएर बसेकाचितवन खैरहनीका आनन्द बिस्रवालले बिदेशमा हुने यस्ता मेला तथा सांस्कृतिक कार्यक्रमको आयोजनाले नेपालको कला संस्कृतिबारे बिदेशीलाई जानकारी मात्र दिने नभइ भावी सन्ततीलाई आफ्नो भाषा,संस्कृति जोगाउन थप मद्दत मिल्ने बताए । 

यस्तै बिगत लामो समयदेखि फ्रान्समा बसोबास गर्दै आएका गैंडाकोट नगरपालिकाका हरि  सापकोटाले विदेशमा भएपनि नेपालको झल्को दिने यस्ता कार्यक्रमले सानो नेपालनै भेटिएको जस्तो  अनुभव भएको बताए । 

त्यस्तै गोर्खा घरभै  ४० बर्षदेखि फ्रान्समा बसोबास गर्दै आएका  समाजसेवी हरिहर अर्यालले यस्ता मेला बिदेशी  भूमिमा आफ्ना सबै  दुःख पीडा बिर्साएर नेपालीपन महसुस गराउने थलो बनेका बताए । 


 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *