प्रदेश

राष्ट्रियसभाः कर्मचारीको तलब दोब्बर बनाउन माग

राष्ट्रियसभाः कर्मचारीको तलब दोब्बर बनाउन माग

काठमाडौं । नेपाली कांग्रेसका सांसद जितजङ्ग बस्नेतले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनका निम्ति निजामती कर्मचारीलाई प्रोत्साहन गर्न आवश्यक भएको बताएका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०८२र८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा भाग लिँदै उनले बढ्दो महङ्गीलाई ध्यानमा राख्दै सरकारी कर्मचारीको तलब सुविधा दोब्बर बनाइनुपर्ने धारणा राखेका हुन् । 

बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सांसद जयन्तीदेवी राईले बजेटले जनआकाङ्क्षा सम्बोधन गर्न नसकेको दाबी गरिन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद अञ्जना शाक्यले कृषि र उद्योगमा उत्पादन र उत्पादकत्व वृद्धि नगरी दिगो आर्थिक विकास सम्भव नरहेको भन्दै युवालाई लक्षित गरी कृषि उत्पादनमा आकर्षक कार्यक्रम ल्याउन जरुरी भएको खाँचो औंल्याइन् । 
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *