Siddarth bankविज्ञापन
समाज

कञ्चनपुरमा श्रीमानको यातना सहन नसकेर श्रीमतीकाे मृत्यु

कञ्चनपुरमा श्रीमानको यातना सहन नसकेर श्रीमतीकाे मृत्यु

कञ्चनपुर । कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ सिहपाल टोलकी १७ वर्षिय सम्झना भट्टले श्रीमानको यातना सहन नसकेर आत्महत्या गरेको आरोप आफन्तले लगाएका छन् । 

सम्झनाको शरिरमा निलडाम र घाउ देखिएकाले यातना सहन नसकेर आत्महत्या गरेको आफन्तको भनाइ छ । भीमदत्त नगरपालिका ६ ऐंठपुर माइती घर भएकी उनको गत फागुनमा बेलडाँडीका २४ वर्षिय पवन भट्टसित विवाह भएको थियो । उनी आइतबार घरमै झुण्डिएको अवस्था मृत फेला परेकी थिईन् ।

सम्झनाका आफन्तले श्रीमानले दिएको यातनाले उनको हत्या भएको भन्दै न्यायको पर्खाइमा रहेको बताएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सम्झनाका श्रीमानलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

विवाहपछि सम्झना र उनका श्रीमानबीच सम्बन्धमा खटपट भएर मिलापत्रका लागि प्रहरीसम्म पुगेको थियो । आइतबार सम्झनाको शव भेटिनु अघि पनि उनीहरुबीच इलाका प्रहरी कार्यालय बेलडाँडीमा छलफल गराइएको थियो । छलफलपछि घर फर्किएकी सम्झना अर्को दिन झुण्डिएको अवस्थामा भेटिइएकी थिईन् । 

मृतक सम्झनाले आइतबार आफन्तलाई श्रीमानले निरन्तर दुःख दिएको आफू बाँच्न नसक्ने आशयको सन्देश पठाएको जनाइएको छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *